Aarthikaina
अपर सेतीमा लक्ष्मी सनराइज बैंकको लगानी 
Manakamana Cable Car

काठमाडौं । २० मेगावाट क्षमताको अपर सेती हाइड्रोपावर निर्माणका लागि लक्ष्मी सनराइज बैंकले लगानी गर्ने भएको छ । अपर सेती हाइड्रो प्रालि र लक्ष्मी सनराइज बैंकबीच आइतबार सो लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

अपर सेती हाइड्रोले कास्कीको सेती नदीमा २० मेवा क्षमताको माथिल्लो सेती खोला जलविद्युत् आयोजना निर्माण गर्न लागेको छ । सो आयोजनाको कूल लागत चार दशमलव शून्य दुई अर्ब रहेको छ । अपर सेती हाइड्रोले ०७८ माघ १७ मा विद्युत् विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत् उत्पादनको अनुमतिपत्र पाएको थियो । साथै २०८० असोज १० मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री सम्झौता समेत गरिसकेकोे कम्पनीले जनाएको छ । सो कम्पनीको प्रवद्र्धकको रुपमा नेपालको प्रतिष्ठित व्यापारिक घराना केसी ग्रुप रहेको छ ।

सो परियोजना निर्माणको लागि लक्ष्मी सनराइज बैंक एक्लैले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएको छ भने बाँकी २५ प्रतिशत रकम सो कम्पनीका प्रवर्द्धक/संस्थापकहरुको लगानी रहनेछ । लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिबद्धता ३.०२ अर्ब रहेको छ जसले दिगो विकासलाई बढावा दिने बैंकको योजनालाई अझ सार्थक बनाउने बताइएको छ । २० मेगावाट क्षमताको सो आयोजना निर्माणपश्चात् वार्षिक करिब ११३.५१ गिगावाट आवर इनर्जी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुने बताइएको छ । 

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  ०७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update