Aarthikaina
इन्भेस्टमेन्ट मेगा बैंकको दुई स्थानमा शाखा विस्तार
Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले ललितपुरमा दुईवटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले बिहीबार ललितपुर महानगरपालिका वडा नं.१५ मा सातदोबाटो शाखा र ललितपुर महानगरपालिका वडा नं.२५ मा भैंसेपाटी शाखा विस्तार गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) ज्योति प्रकाश पाण्डेले नयाँ शाखाहरूको उद्घाटन गरेका हुन् । कार्यक्रममा सीईओ पाण्डेले नयाँ शाखाहरूबाट ग्राहकलाई गुणस्तरीय बैंकिङ सेवा तथा सुविधाहरू दिने बताए । नयाँ शाखाहरूबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू सुरु भएको छ ।

बैंकले हालसालै बाराको सिमरा, काठमाडौंको शंखमूल र अनामनगरमा नयाँ शाखाहरू सञ्चालनमा ल्याएको थियो । बैंकले हाल देशभरि दुई सय ६६ वटा शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, एक सय १३ वटा शाखारहित बैंकिङ र दुई सय ५७ वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update