Aarthikaina
डेल्टा अटोकर्प र हुलास फिनसर्भबीच सम्झौता
Chiba Education Center
NLG Insurance
Manakamana Cable Car

काठमाडौं । डेल्टा अटोकर्प र हुलास फिनसर्भबीच सम्झौता भएको छ । भेस्पा अप्रिलिया नेपालले सरल फाइनान्स सुविधा उपलब्ध गराउनका लागि हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडसँग साझेदारी गरेको हो ।

उक्त साझेदारीमा भेस्पा अप्रिलिया खरिदकर्ताले सरलरूपमा फाइनान्स सुविधा प्राप्त गर्ने छन् । नेपालका लागि भेस्पा अप्रिलिया स्कुटरको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिका अनुसार स्कुटरको मूल्यको ६० प्रतिशतसम्म फाइनान्स गर्न सकिनेछ ।

यस्तै, सो कर्जाको भुक्तानी अवधि छ देखि २४ महिनासम्म रहने कम्पनीले जनाएको छ । यो सुविधा नेपालभरका भेस्पा अप्रिलिया स्कुटरका सोरूमहरूमा उपलब्ध रहने डेल्टा अटोकर्प प्रालिका सीईओ तथा निर्देशक विजय महत्तोले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  ०७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update