Aarthikaina
भायानेटको ‘बाइ वान गिफ्ट वान फ्रि’ योजना सार्वजनिक

काठमाडौं । भायानेट कम्युनिकेसन लिमिटेडले ‘बाइ वान गिफ्ट वान फ्रि’ योजना सार्वजनिक गरेको छ । कम्पनीले नयाँ जडान र नवीकरण गर्नेहरूका लागि एक किन्दा एक उपहार इन्टरनेट योजना सार्वजनिक गरेको हो ।

यस अफरमा भायानेटको इन्टरनेट नवीकरण वा नयाँ जडान गर्ने ग्राहकले आफ्ना प्रियजनलाई १२५ एमबीपीएस तीन महिनाको प्याकेज सित्तैमा उपहार दिने छ । साथै, बदलामा आफ्नो लागि थप एक महिनाको इन्टरनेट नि:शुल्क प्राप्त गर्न सक्नेछन् । यो योजनामा योग्य हुनका लागि भायानेट ग्राहकले ३, ६ वा १२ महिनाको सदस्यता अवधिको साथ १२५ एमबीपीएस वा सोभन्दामाथिका उच्च गतिको इन्टरनेट प्याकेज नवीकरण वा जडान गर्नुपर्ने हुन्छ । एकपटक योग्य भएपछि ग्राहकले एसएमएसमार्फत उपहार भौचर कोड प्राप्त गर्ने छन् ।

Chiba Education Center
NLG Insurance
Manakamana Cable Car

गिफ्ट भौचर प्राप्त गर्ने व्यक्तिले भायानेटलाई सम्पर्क गरी १२५ एमबीपीएस तीन महिनाको दुई हजार सात सय र भ्याट बराबरको इन्टरनेट प्याकेज उपहार दाबी गर्न सक्छन् । उपहार भौचर नयाँ जडानको लागि मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ । साथै, यसमा जडान शुल्क भने लागू हुने कम्पनीले जनाएको छ ।

उपहार भौचर दाबी गरिसकेपछि आफ्ना प्रियजनलाई उपहार भौचर दिने मूल ग्राहकले नयाँ ग्राहकलाई भायानेट जडान गर्न सहयोग गरेबापत एक महिनाको इन्टरनेट नि:शुल्क पाउने छ । यो अफरलाई थप आकर्षक बनाउन भायानेटले १२५ एमबीपीएस तीन महिनाको प्याकेजमा नयाँ आकर्षक छुटसहितको मूल्य समेत सार्वजनिक गरेको छ । यसको मूल्य मात्र भ्याटबाहेक दुई हजार सात सय रुपैयाँ रहेको छ ।

भायानेटका सेल्स एण्ड मार्केटिङ उपाध्यक्ष शहिन श्रेष्ठले भायानेट परिवारमा सामेल हुने र आफ्ना प्रियजनलाई उच्च गतिको इन्टरनेट उपहार दिने यो आकर्षक योजनाको लाभ लिन नछुटाउनु आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  ०७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update