Aarthikaina
इन्फिनिटी लघुवित्तद्वारा पूर्वका पाँच जिल्लामा तालिम सम्पन्न

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले कोशी प्रदेश अन्तर्गत ईलाम, झापा, मोरङ, सुनसरी र सप्तरी गरी पाँच जिल्लाका ११ वटा शाखा कार्यालयका सम्पूर्ण कर्मचारीहरुलाई एएमएल/सीएफटी एण्ड क्वालिटी ग्रोथ ट्रेनिङ दिएको छ । वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत ज्ञानिश्वर पन्तको अध्यक्षतामा उक्त तालिम सुनसरीको ईटहरीमा सम्पन्न भएको हो । 

कार्यक्रममा सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ ले तोके बमोजिमको सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषय तथा क्वालिटी ग्रोथका विषयमा सहभागीहरुलाई प्रशिक्षित गरिएको थियो । लघुवित्त वित्तीय संस्थामा फिल्ड कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहने हुँदा कर्मचारीहरुलाई समय समयमा यस्ता किसिमका तालिम संचालनले समग्र लघुवित्त क्षेत्रको गुणस्तरमा सुधार आउने पन्तले बताए ।

Manakamana Cable Car

कार्यक्रममा उपस्थित कर्मचारीहरुलाई जोखिम व्यवस्थापनको उपाय तथा प्रभावकारी असुलिका रणनीति तथा कार्यक्रमको गुणस्तरवृद्धिका उपायहरुको विषयमा वित्तीय संस्थाका असुलि तथा अनुगमन विभागका विभागीय प्रमुख नयन देवकोटाले प्रशिक्षित गरेका थिए ।

मानव संसाधन विभागका विभागीय प्रमुख प्रभात न्यौपानेले सदस्य तथा कर्मचारीहरुलाई वित्तीय संस्थाले प्रदान गर्ने सेवा सुविधा तथा मानव संसाधन विभागसँग सम्बन्धित विषयमा सहजिकरण गरेका थिए । 

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  ०९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update