Aarthikaina
Manakamana Cable Car

काठमाडौं । एलजी ब्राण्ड मातहतका एलजी सपि सोरुमहरू पुन:संचालनमा ल्याइएको छ । कम्पनीका सोरुमहरूलाई विश्वस्तरमा अपग्रेड गरी सञ्चालनमा ल्याइएको हो । एलजी इलेक्ट्रोनिक्स इन्कका एक्स्पोर्ट निर्देशक केइथ कि सु चुङ र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले संयुक्तरूपमा कम्पनीका सोरुम शुभारम्भ गरेका हुन् ।

एलजी सपि सोरुमहरूमा एलजी ब्राण्डका घरायसी विद्युतीय सामग्रीहरू उपलब्ध छन् । ग्राहकले दक्ष र अनुभवी प्रतिनिधिहरूबाट एलजीका विद्युतीय सामग्रीबारे जानकारी पनि लिन सक्नेछन् । यी सोरुमहरू हप्ताको सातै दिन खुला रहने कम्पनीले जनाएको छ । कम्पनीको सोरुम जावलाखेल, मिनभवन, सीतापाइला, चाबहिल, कान्तिपथ, इमाडोल र विराटनगरमा रहेका छन् ।

साथै, कम्पनीले एलजी सोरुमहरूको शुभारम्भको अवसरमा विशेष छुटका साथै फ्रि गिफ्ट, शून्य प्रतिशत किस्ताबन्दी, एक्सचेन्ज अफर तथा लोयल्टी प्रोगामको पनि सुविधा दिने भएको छ । यसका साथै एलजी सपि सोरुमहरूले फ्रि डेलिभरी, फ्रि इन्स्टलेसन (एलजी सर्टिफाइड) सेवाहरू पनि प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update