Aarthikaina
चेम्बरद्वारा भन्सार विभागका निर्देशक हरिहर पौडेललाई सम्मान

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ७२औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका निर्देशक हरिहर पौडेललाई सम्मान गरेको छ । भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेवापत चेम्बरले निर्देशक पौडेललाई सम्मान गरेको हो । 

काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र मल्ल र राजश्व सचिव राम प्रसाद घिमिरेले प्रमाणपत्रसहित निर्देशक पौडेललाई सम्मान गरेका हुन् । भन्सार विभागमा रहेर उत्कृष्ट सेवा प्रवाह गरेकाले पौडेललाई ७२औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा सम्मान गरिएको अध्यक्ष मल्लले बताए । भन्सार प्रशासन सुधारमा उल्लेख्य भूमिका निर्वाह गरेका पौडेललाई सम्मान गरिएको अध्यक्ष मल्लले जानकारी दिए । 

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

सम्मान कार्यक्रममा चेम्बरका अध्यक्ष मल्लले आयत निरुत्साहित र निर्यात प्रर्वद्धन हुनेगरि व्यापार सहजीकरण हुनुपर्ने बताए । उनले भन्सारमा सन्दर्भ मूल्यभन्दा पनि कारोबार मूल्यलाई मान्यता दिनुपर्नेमा जोड दिए । भन्सार प्रशासन सुधार गरे मात्रै राजश्वमा सुधार आउने मल्लको भनाई छ । अध्यक्ष मल्लले भने, ‘भन्सार प्रक्रियालाई सहजीकरण एवं सबै भन्सारहरुमा उच्चस्तरीय क्वारेन्टीन ल्यावको  व्यवस्थापन गरिनुपर्दछ ।’

व्यापार घाटा न्यूनीकरणका लागि निर्यातयोग्य बस्तुहरुको पहिचान र प्रर्वद्धन गर्नुपर्नेमा अध्यक्ष मल्लको जोड थियो । नेपालको खुला सीमाका कारण चोरी पैठारी बढी रहेको र यसको नियन्त्रणका लागि भन्सार प्रशासन चनाखो हुनुपर्ने मल्लले बताए । करको दर नभई दायरा बढाएर राजश्वको लक्ष्य पूरा गर्नुपर्नेमा उनले बताए ।

कार्यक्रममा राजश्व सचिव घिमिरेले अर्थतन्त्रमा पछिल्लो समय सुधारका संकेतहरु देखिन थालेको बताए । व्यापारमुखी अर्थतन्त्रबाट उत्पादनमुखी अर्थतन्त्रतर्फ जानुपर्ने र यसका लागि सहजीकरण गर्ने काम भईरहेको उनको भनाई छ । भन्सार दिवसका अवसर पारेर चेम्बरले प्रत्येक वर्ष भन्सार विभागका उत्कृष्ट एक कर्मचारीलाई सम्मान गर्दै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  २१:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update