Aarthikaina
अफगानिस्तानलाई हराउँदै नेपाल यु- १९ विश्वकपको सुपर सिक्समा

काठमाडौं । नेपाली यू–१९ क्रिकेट टोली दक्षिण अफ्रिकामा जारी आईसिसी यु-१९ विश्वकपको दोस्रो चरणमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा प्रवेश गरेको हो । 

इस्ट लण्डनमा पाकिस्तानले जितको लागि दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर ४ बलमा ९ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि कप्तान देव खनालले ८९ बलमा ७ चौकासहित ५८ रनको अर्धशतकीय पारी खेलेका थिए ।

Manakamana Cable Car

दिपक बोहराले २७ रन बनाउँदा आकाश त्रिपाठी १६ रनको योगदान गर्दा नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । आफगानिस्तानका लागि फ्रिदोन दावदजाईले सर्वाधिक तीन विकेट लिए । त्यस्तै खलिल अहमद र नसिर खानले दुई–दुई विकेट लिए । अफगानिस्तानका लागि गजनफर र अर्ब गुलले एक–एक विकेट लिएका थिए ।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानल ४० ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै १४५ बनाएको थियो । आफगानिस्तानका लागि गाजनफरले सर्वाधिक ३७ रन बनाएका थिए । त्यस्तै, नशिर खानले ३१ रन जोड्दा फ्रिदोनले २९ रनको योगदान गरेका थिए ।

नेपालका लागि आकाश चन्दले सर्वाधिक पाँच विकेट लिएका थिए । उनले ८ ओभर बलिङ गर्दै ३४ रन खर्चेका थिए । त्यस्तै, दिपेश कडेलले दुई विकेट लिँदा गुलशन झा, सुवास भण्डारी र तिलक भण्डारीले समान १/१ विकेट लिएका थिए । जितसँगै नेपाल विश्वकपको सुपर सिक्समा प्रवेश गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  २१:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update