Aarthikaina
आज ‘खल्ती’ले सातौँ वार्षिकोत्सव मनाउँदै

काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले आज(शुक्रबार) आफ्नो सातौँ वार्षिकोत्सव मनाइरहेको छ । सन् २०१७, २६ जनवरीमा मोबाईल टपअप र बिल भुक्तानी जस्ता सेवा सुविधाबाट डिजिटल कारोबार सुरु गरेको खल्तीले अहिले सरकारी सेवासम्मको कारोबारमा डिजिटल भुक्तानीको सेवा प्रदान गर्न सफल भएको छ ।

खल्तीले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा यस यात्रामा साथ दिएका सम्पूर्ण प्रयोगकर्ता, साझेदार, नियामक निकाय, एजेन्ट, मर्चेन्ट व्यवसायी र खल्ती कर्मचारीहरूलाई आभार व्यक्त गर्दै छोटो समयमा नेपालको डिजिटल कारोबारको करिब एक चौथाई स्थान ओगटेको जनाएको छ । कम्पनीका अनुसार खल्तीले दैनिक करिब तीन लाखवटा भन्दा बढी कारोबारद्वारा लाखौँ प्रयोगकर्ताहरूको जनजिवन सहज बनाईरहेको छ भने एक लाखभन्दा बढि साना तथा मझौला मर्चेन्ट व्यवसायीहरू प्रत्यक्ष रूपमा खल्तीको डिजिटल भुक्तानी सेवाबाट लाभान्वित भईरहेका छन् ।

Manakamana Cable Car

आफ्नो स्थापनाको छोटो अवधिमा नै खल्तीले करिब ४० लाखभन्दा बढी प्रयोगकर्ताहरू, एक लाखभन्दा बढी एजेन्ट, ६० हजारभन्दा बढी मर्चेन्ट, ५० भन्दा बढी बैंक तथा वित्तिय संस्था र १५ सयभन्दा बढी सहकारीको विश्वास जित्दै निरन्तर साथ पाउन सफल भएको कम्पनीले जनाएको छ । देशकै सबैभन्दा बढि डिजिटल भुक्तानी कारोबार गर्ने भुक्तानी सेवा प्रदायकको रूपमा पनि ‘खल्ती’ सम्मानित भएको कम्पनीले जनाएको छ । साथै, खल्तीले भुक्तानी बाहेकका विभिन्न नविन सेवा(खल्ती क्विज, खल्ती बिलबुक नवीकरण, खल्ती सुरक्षा, इभेन्ट टिकटिङ, भोटिङ, मुभी टिकटिङ, खल्ती प्रो, खल्ती क्लब) हरू उपलब्ध गर्दै आइरहेको छ ।

खल्तीका प्रमुख कार्यकारी अधिकारी विनय खड्काका अनुसार सुरुवाती चरणदेखि नै सम्पूर्ण नेपालीहरूलाई वित्तीय समावेशीकरण उपलब्ध गराउने प्रतिबद्धताका साथ खल्तीलाई अघि बढाइएको बताएका छन् । उनले निजी क्षेत्रका साथसाथै सरकारी क्षेत्रका अधिकांश सेवाहरू पनि खल्तीमा उपलब्ध गराउन सफल भएको बताउँदै सात वर्षसम्म आइपुग्दा आधारभूत उपयोगिता भुक्तानीबाट सुरु गरेको यात्रा आजको दिनमा घरमै बसेर अधिकांश सेवाहरू लिन मिल्ने व्यवस्थासम्म पुर्याउन सफल भएको भन्दै खुसी व्यक्त गरेका छन् । 

उनले भने, ‘अबको हाम्रो प्रतिबद्धता खल्तीलाई फाइनान्सिएल लाइफस्टाइल ब्राण्डको रूपमा स्थापित गर्ने भएकोले त्यसैअनुरूप खल्तीलाई भुक्तानी मात्र नभई लगानी तथा आफ्नो वित्तिय व्यवस्थापन गर्ने प्लेटफर्मको रुपमा स्थापित गर्न विभिन्न नवीन सेवाहरू थप्दै आफ्ना प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्ने छौं ।’

सातौँ वार्षिकोत्सवको उपलक्ष्यमा खल्तीले यहि माघ १२ देखि १८ गते(सात दिन)सम्म पहिलो बैंक लिंक भुक्तानीमा प्रयोगकर्ताहरूलाई ७७ रुपैयाँको क्यासब्याकको अफर उपलब्ध गराएको छ । यसका साथै खल्तीले ‘खल्ती जर्नी’ अफर पनि उपलब्ध गराएको छ । यसमा प्रयोगकर्ताहरूले खल्ती एपमा राईट स्वाइप गरी तोकिएको शीर्षक अनुसारको भुक्तानीमा इन्स्टेन्ट रिवार्ड जस्तै:खल्ती ब्यालेन्स, खल्ती पोईन्ट, कुपनहरू र अन्य विभिन्न उपहार जित्न सक्नेछन् ।

‘खल्ती जर्नी’मा एकदेखि सात वर्षको शीर्षकमा विभिन्न चरणमा विभिन्न कार्य तोकिएको छ । सोही अनुसारको चरणहरू पार गर्दै प्रयोगकर्ताहरू विजेता बन्न सक्नेछन् । प्रयोगकर्ताले भुक्तानी मात्र नभई खल्ती क्विज, बैंक ट्रान्सफर, भोटिङ, दामी क्यु आर र फ्री विड्र बैंक खाता सेटअप जस्ता खल्ती विशेष ईनोभेसनहरूको चरण पार गर्दै रिवार्डको लाभ उठाउन सक्नेछन् ।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update