Aarthikaina

अब पनि देशको आर्थिक पक्ष सबल बनाउन सकिएन भने देशमा जनशक्ति र आर्थिक श्रोत खोक्रो हुँदैन भन्न सकिदैन । देशकै साधनस्रोत प्रयोग गरेर सक्षम बन्न सकिने साधान स्रोत प्रयाप्त हुँदाहुँदै पनि देशका युवायुवतीहरु भौतिक सुःख, सुविधा र आर्थिक पक्ष सबल बनाउन विदेशिने क्रम बाक्लो छ । जसप्रति सरकारले खासै ध्यान दिएको देखिदैन । 

अहिलेको अवस्थामा संसारको कुनैपनि देशमा बिक्नसक्ने सक्षम नेपाली जनशक्तिलाई स्वदेशमै टिकाएर आर्थिक समृद्धिमा टेवा पुर्याउन सकिन्छ । जसको लागि सरकारले व्यापार घाटालाई प्राथमिकताका साथ हेरेर निर्यातलाई बढवा दिनुपर्छ । वस्तुको निर्यातलाई अर्थात् विगतको भन्दा कमी आएको अवस्थालाई रोक्ने प्रयास गर्दै जानुपर्छ । निर्यातलाई प्रोत्साहन दिदैँ प्रभावकारी सरकारी कार्यक्रम ल्याउन चुक्नु हुँदैन । स्वदेशी वस्तुलाई ब्राण्डिङ गरेर अगाडी बढ्ने प्रयासलाई निरन्तरता दिन छोड्नु हुँदैन । जसले गर्दा व्यापार घाटालाई कम गर्दै देश समृद्धिको बाटोतर्फ लम्कदैँ जान्छ । 

Manakamana Cable Car

कृषिप्रधान देश भनेर गर्व गर्दै आएका हामी नेपालीले स्वदेशमै उत्पादन हुने र गर्न सकिने खाद्यान्नसमेत ठूलो परिमाणमा चर्को मूल्य तिरेर खान बाध्य छौं । किसान वा व्यवसायीले उत्पादन गर्ने खाद्यान्नलाई बजारसम्म पुर्याउदा उनीहरु घाटामा गइराखेका हुन्छन् । जसले गर्दा उनीहरुले खेती वा उत्पादनलाई प्राथमिकता दिन छोडेको अवस्था छ । उत्पादन गर्नुभन्दा आयात गर्नुमा फाइदा हुन्छ भने व्यवसायीले स्वत:आयातलाई नै प्राथमिकता दिने नै भए । यसलाई रोक्ने प्रयास गर्नसक्ने भनेको सरकारी तबरबाट मात्रै हो । तर, सरकारले भने आफूले गर्नुपर्ने कर्तव्यलाई भन्दा काम गर्ने आश्वासन दिने अर्थात् यतिउति काम गरे भनेर झुटो व्यवहार गरेको देखिन्छ । 

विशेष सरकारले देशको कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न जरुरी देखिन्छ । किनकि गतवर्ष चीनमा भएको एक प्रतियोगितामा नेपालको चिया सर्वोत्कृष्ट ठहरिएपछि चिनियाँ बजारमा पनि चियाको निर्यातमा ढोका खुलेको छ । भारत, जर्मन, अमेरिका, जापान, रुस, चेक रिपब्लिकलगायत देशमा नेपाली चिया निर्यात भएजस्तै अन्य कृषि उत्पादनलाई प्राथमिकता दिन जरुरी छ भने अन्य खेतीलाई पनि व्यवसायिकरण गर्न जरुरी छ । यसको लागि राज्यको नीति र किसान वा व्यवसायीलाई संरक्षण गर्ने खालको नीति नियम ल्याउनु पर्छ ।

कोरोनापछि शिथिल अर्थतन्त्रलाई गति दिन संसारभर खुकुलो नीति अपनाइरहदा नेपालले पनि ऋणी, व्यवसायी अर्थात् उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखि प्रोत्साहन गर्नुपर्छ । सरकारी तबरबाट अर्थतन्त्रमा व्यापक सुधार आएको भनि प्रचारप्रसार गर्नुभन्दा पनि सर्वसाधारणले महसुस गर्ने गरी सुधार भएको देखाउन सक्नु पर्छ । विदेशिन नचाहने युवाहरुलाई समेत विदेशीन बाध्य हुने अवस्था सिर्जना नगर्ने अवस्थातिर सरकारको ध्यान बेलैमा पुग्न जरुरी छ । अब देशमा भ्रष्टाचारलाई नियन्त्रण गरी उत्पादनमूलक वस्तु, साधानस्रोतलाई प्राथमिकता दिएर अगाडि दौडिन अति आवश्यक भइसकेको छ र जसनुसार जुनै पार्टीको सरकारको ध्यान जाओस् । 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update