Aarthikaina
सेब र हिमश्मिलाई बास्केटबल उपाधि

काठमाडौं । सेब र हिमरश्मिले सातौं ओप्स खेलकुद महोत्सवअन्तर्गत बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । सेब ब्वाइज तथा हिमरश्मि गल्र्समा च्याम्पियन बने ।

डाँडागाउँस्थित हिमरश्मिको कोर्टमा भएको ब्वाइज फाइनलमा सेबले एन्जल्स हार्टलाई ४७–२३ ले पराजित ग¥यो । सेबको जितमा विप्लव गुरुङले १८ अंक योगदान गरे ।

अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) द्वारा आयोजित प्रतियोगिताको गल्र्सको रोमाञ्चक उपाधि भिडन्तमा खुशी अधिकारीको ६ अंक सहयोगमा हिमरश्मिले फेरिल्यान्डलाई १४–१० ले हरायो ।

Manakamana Cable Car

हिमरश्मिले ८–० ले पछि परेको स्थितिलाई उल्ट्याउदै उपाधि जित्न सफल भएको हो । चौथो क्वाटरको कुनै समय खेल १०–१० को बराबरी स्थितिमा थियो । त्यसबेला सिर्जना तामाङले २ स्कोर गर्दै हिमरश्मिलाई १२–१० ले अग्रता दिलाइन् । सिर्जनापछि निमा तामाङले २ अंक जोड्दै हिमरश्मिका लागि उपाधि सुनिश्चित गरिन् । ब्वाइजमा १३ तथा गल्र्समा ९ टिम सहभागी थिए ।

ब्याडमिन्टन : हिमरश्मिको क्लिन स्विप

हिमरश्मिले सातौं ओप्स खेलकुद महोत्सवअन्तर्गत ब्याडमिन्टनको स्वर्णमा शनिबार क्लिन स्विप गरेको छ । तीन स्पर्धा समावेश ब्याडमिन्टनमा हिमरश्मिले तीनै स्वर्णमाथि कब्जा जमायो ।

मनमैजुस्थित जि ४ स्पोर्ट्स एकेडेमीमा भएको ब्वाइज सिंगल्स फाइनलमा सिद्धान्तराज लम्सालले कौशलका गगन घलेलाई २१–१३ र २१–१४ को सोझो सेटमा पराजित गरे । विभूतिका संविधान चौधरी र श्रृजना ज्ञान सागरका कल्याण तामाङ तेश्रो भए ।

गल्र्स सिंगल्सको फाइनलमा उपासना बोहराले ज्ञान मन्दिरकी विविशा शाह ठकुरीलाई सीधा सेटमा २१–१ र २१–४ ले सहजै हराइन् । कौशलकी श्रृष्टि बुढाथोकी र पुष्पकुञ्जकी मनिका गुरुङ तेश्रो बने ।

मिक्स डबल्समा कुशल गौतम र प्रतिक्षा गौतमको जोडी विजेता बने । उक्त जोडीले फाइनलमा न्युटनका विवेक भण्डारी र फुरा मिङमा शेर्पाको जोडीमाथि २१–१२ र २१–१५ को जित दर्ता गरे । कौशलका विपल थापा र युनिशा मल्ल तथा ज्ञान मन्दिरका आयुब मोक्तान र तनुश्री ओलीको जोडीले तेश्रो स्थानमा रहे । विभिन्न ९ विद्यालयका ३६ खेलाडी सहभागी थिए ।

टेबलटेनिस : श्रृजना ज्ञान सागर अब्बल

श्रृजना ज्ञान सागरले सातौं ओप्स खेलकुद महोत्सवअन्तर्गत टेबलटेनिस प्रतियोगितामा समावेश तीनै स्पर्धाको स्वर्ण शनिबार जितेको छ ।

शेषमति सानो पुलस्थित श्रृजना ज्ञान सागरमा भएको प्रतियोगिताको ब्वाइज सिंगल्स फाइनलमा सन्तोष थापाले प्रगतिका उदिप तामाङलाई ११–६, ११–६ र ११–१ को सोझो सेटमा पराजित गरे । कौशलका निशान बुढाथोकी र सेबका रोशन पौडेल तेश्रो भए ।

गल्र्स सिंगल्सको फाइनलमा विपिना थापाले हिमरश्मिकी अञ्जली गुरुङलाई सीधा सेटमा ११–३, ११–४ र ११–५ ले हराइन् । सेबकी रचेल थापा मगर र प्रगतिकी गंगा मगर तेश्रो बने ।

मिक्स डबल्समा सुप्रिया बोगटी र आकाश सिलवालको जोडी पहिलो, प्रगतिका युजिना गुरुङ र सुप्रिम सिलवालको जोडी दोश्रो तथा कौशलका तारा तामाङ र अतित श्रेष्ठ÷हिमरश्मिका अञ्जली बानियाँ र आदर्श थिङको जोडी तेश्रो भए । श्रृजना ज्ञान सागरका प्रिन्सिपल राजेन्द्रप्रसाद फुयाँलका अनुसार टेबलटेनिसमा १३ विद्यालयका ४२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

योसंगै ओप्स खेलकुदअन्तर्गत तीन खेलको प्रतियोगिता पूर्ण रुपमा सम्पन्न भएको ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले जनाएका छन् । आइतबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ब्वाइज फुटबल र एथलेटिक्सको प्रतिस्पर्धा सुरु हुनेछ । गल्र्स फुटबल भने सम्पन्न भइसकेको छ । गल्र्स फुटबलमा हिमरश्मि च्याम्पियन बनेको थियो ।

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  २१:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update