Aarthikaina
टाटा समूह बन्यो आईपीएलको मुख्य प्रायोजक

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको पाँच वर्षको शीर्ष प्रायोजनको अधिकार टाटा समूहले पाएको छ । यसै वर्ष सन् २०२४ देखि २०२८ सम्मको आईपीएलको मुख्य प्रायोजनको सम्झौतामा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआई र टाटा समूहबीच सम्झौता भएको हो ।

यसअघिका दुई वटा संस्करणमा पनि टाटाले नै शीर्ष प्रायोजन गरेको थियो । शीर्ष प्रायोजनबापत पाँच वर्षमा टाटाले आईपीएललाई २५ अर्ब भारु  बुझाउनेछ ।

Manakamana Cable Car

यो प्रायोजनको रकम अहिलेसम्मकै धेरै भएको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आईपीएलका अध्यक्ष अरुणसिंह धुमालले कीर्तिमानी रकमको प्रायोजन सम्झौताले आईपीएललाई थप उचाइमा पुर्याएको बताएका छन् ।

सन् २०२४ को आईपीएल आउँदो मार्च महिनादेखि हुने सम्भावना छ। 

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  २०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update