Aarthikaina
उपकार लघुवित्तको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न
Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडकी अध्यक्ष शान्तिदेवी ढकालको अध्यक्षतामा कोहलपुरस्थित एक होटलमा कार्यक्रम गरी वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

सभाबाट सञ्चालक समितिको प्रतिवेदन, आव २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन, आगामी वर्ष २०८०/०८१ को लागि लेखापरीक्षकको नियुक्तिका प्रस्तावहरू सर्वसम्मतिले पारित भएको छ । साथै, सभाले सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट सी.ए.मा भगवती रेग्मी र निशा वाग्लेलाई निर्विरोध निर्वाचित समेत गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update