Aarthikaina
इन्भेस्टमेन्ट मेगा बैंकको दुई वटा नयाँ शाखा विस्तार
Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले काठमाडौंमा दुई वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं.३१ मा शंखमूल शाखा र काठमाडौं महानगरपालिका वडा नं.२९ मा अनामनगर शाखा सञ्चालनमा ल्याएको हो । 

बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) ज्योती प्रकाश पाण्डेले नयाँ शाखाहरूको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा सीईओ पाण्डेले नयाँ शाखाहरूबाट ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू दिने बताए । साथै, काठमाडौं उपत्यकामा चाँडै नै अरू थप शाखाहरू खोल्ने समेत उनले जानकारी गराए ।

नयाँ दुई गरी हाल बैंकको दुई सय ६४ वटा शाखा कार्यालय, ६३ वटा एक्सटेन्सन काउन्टर, एक सय १३ वटा शाखारहित बैंकिङ र दुई सय ५५ वटा एटीएम काउन्टरहरू रहेका छन् । 

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update