Aarthikaina

काठमाडौं । माओत्से गुरुङ लिखित तथा निर्देशित फिल्म 'दयारानी' को टिजर सार्वजनिक भएको छ । हाइलाइटस नेपाल युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा नि:सन्तान दम्पतीको कथा देखाइएको छ ।

बाँसुरी फिल्म्स र माओत्से फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ राई, दीया पुन, विजय बराल, प्रमिशा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, र्शिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ, क्रिष्टी गुरुङलगायत कलाकारको अभिनय छ । अभिनेता माओत्से गुरुङले यही फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् । 

मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । फिल्मलाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनी टिफल्क फिल्म्स र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ । फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । फिल्म माघ २६ गतेदेखि प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  ०८:४४
प्रतिक्रिया दिनुहोस्
थप भिडियो ग्यालेरी
Weather Update