Aarthikaina
नबिल स्टक डिलरको बढ्यो नाफा, रिजर्भमा छलाङ

काठमाडौं । नबिल स्टक डिलरले चालु आर्थिक वर्षको दोस्रोमा अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिमा नबिल स्टक डिलरले ६ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन हो । अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ५ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको नाफा ११.५१ प्रतिशतले बढेको छ ।

दोस्रो त्रैमासमा कम्पनीले सेवा प्रवाहबाट ९ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ३.२१ प्रतिशतले कम हो । अघिल्लो वर्ष कम्पनीले ९ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको थियो। कम्पनीले ९ लाख ६३ लाख रुपैयाँ अन्य आम्दानी गरेको छ ।

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

चुक्तापुँजी १ अर्ब ५२ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ र रिटेन्ड अर्निङ १११.५२ प्रतिशतले बढेर १२ करोड ६६ लाख रुपैयाँको उचाइमा पुगेको छ । अघिल्लो वर्ष रिजर्भ र रिटेन्ड अर्निङमा ५ करोड ९८ लाख रुपैयाँ थियो ।

कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ८.७८ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ईपीएस ३.९४ रुपैयाँ थियो । कम्पनीको प्रतिशेयर नेटवर्थ १०८.३३ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  ०८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update