Aarthikaina
एक लाख नेपाली ग्राहकहरुको मन जित्न सफल टिभिएस् एनटर्क

काठमाडौं । नेपालको लागि टिभिएस् मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा ल्याएको स्कुटर टिभिएस् एनटर्कले एक लाख माइलस्टोन पूरा गर्न सफल भएको छ । सन् २०१८ मा नेपालमा लन्च भएलगत्तै स्पोर्टी स्मार्ट स्कुटर टिभिएस् एनटर्क एक लाख बिक्री भईसकेको छ । 

उक्त संख्याको बिक्रीलाई लिएर कम्पनीले बलियो र स्टाइलिस लुक तथा स्मार्ट फिचरले गर्दा टिभिएस् एनटर्कले चाँडै ग्राहकहरूको विश्वास जित्न सफल भएको जनाएको छ । लन्च गरेको छोटो अवधिमै एक लाख एनटर्कहरू रोडमा गुडिसकेको बताउँदै जगदम्बा मोटर्सका म्यानेजिङ डाइरेक्टर साहिल अग्रवालले भने, ‘हामीले नेपाली ग्राहकहरूको यति धेरै माया र विश्वास पाएका छौँ । यो माया र विश्वासको लागि हामी नेपाली ग्राहकहरुप्रति कृतज्ञ छौँ ।’

Chiba Education Center
NLG Insurance
Manakamana Cable Car

कम्पनीका अनुसार टिभिएस एनटर्क बेस्ट–इन–क्लास पावर, पिक–अप र पर्फर्मेन्सको लागि लोकप्रिय छ । यसको टिभिएस एनटर्क ड्रम आकर्षक मूल्यको कारण बढी रुचाइएको छ भने हालसालै लन्च भएको टिभिएस एनटर्क एक्सपीले माइलेज र पावरको उत्कृष्ट कम्विनेसन प्रदान गर्दछ । टिभिएस एक्सपिमा आरटि–एफ्आइ प्रविधी, भोइस कमान्ड, राइड मोडलगायत ६० वटाभन्दा धेरै स्मार्ट कनेक्ट फिचरहरु उपलब्ध छन् ।

स्मार्ट टेक्नोलोजी, दमदार पर्फर्मेन्स र स्पोर्टी डिजाइनले गर्दा टिभिएस एनटर्क ग्राहकहरुको पहिलो रोजाइमा पर्न सफल भएको कम्पनीको भनाई छ । साथै, एक लाख स्कुटर बिक्री भएको उपलक्ष्यमा कम्पनीले हाल टिभिएस् एनटर्क तीन हजार नौ सय ९९ रुपैयाँ मासिक किस्तामा उपलब्ध गराउने भएको छ । 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  २१:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update