Aarthikaina
नेपाल मेडिकल कलेजद्वारा विभिन्न पदहरुमा जनशक्ति माग (सूचनासहित)

काठमाडौं । नेपाल मेडिकल कलेजले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कलेजले गत मंगलबार एक सूचना प्रकाशित गरि विभिन्न पदहरुमा कर्मचारी माग गरेको हो ।

कलेजले चिफ फाइनान्स कन्ट्रोलर, चिफ एकाउन्टेन्ट अफिसरदेखि इलेक्ट्रिकल इन्जिनियर माग गरेको छ । कलेजले निकालेको सूचना अनुसार सिभिल इन्जिनियर, मेट्रोन, होस्टल वार्डेन, स्टोर इन्चार्ज, आर्किटेक्चर तथा प्रशासन अधिकारी माग गरिएको छ । योग्यता पुगेका उम्मेदवारले सात दिनभित्र व्यक्तिगत विवरणसहित दरखास्त दिन सक्नेछन् ।

Manakamana Cable Car

कलेजको शैक्षिक, सेवागत र प्रशासनिक व्यवस्थापन बलियो बनाउँदै लैजान विषयगत दक्ष जनशक्तिहरु माग गरिएको हो । योग्यता पुगेका नागरिकले कलेजको फेसबुक पेजमा क्लिक गरी विस्तृत जानकारी लिन सक्नेछन् । दरखास्त इमेलमार्फत पठाउनु पर्नेछ । सर्ट लिस्टमा परेकाहरूलाई कलेजले अन्तर्वार्ताका लागि सम्पर्क गर्नेछ ।

NMC-suchana-1705590833.jpg
 

 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  २०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update