Aarthikaina
शाओमीको रेड्मी १३ सी स्मार्टफोन बजारमा

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारमा रेड्मी १३ सी लन्च गरेको छ । कम्पनीका अनुसार रेड्मी १३ सी १२ एनएमको प्रोसेस र मेडियाटेक हेलिओ जी ८५ प्रोसेसरद्वारा सञ्चालित छ । शाओमीले रेड्मी १२ सीको सफलताको रूपमा आफ्नो नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी १३ सी लिएर आएको हो ।

नयाँ रेड्मी १३ सीले उत्कृष्ट डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनको साथ ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । रेड्मी १३ सी ६ जीबी/१२८ जीबी र रेड्मी सी शृंखलामा पहिलो पटक ८ जीबी/२५६ जीबी भेरिएन्टहरूमा उपलब्छ छ । रेड्मी १३ सी १६८ एमएमको लम्बाइ, ७८ एमएमको चौडाइ, ८.०९ एनएमको मोटाइ तथा १९२ ग्राम तौलमा उपलब्ध छ ।

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

यस्तै, यो फोन सि १६००×७२० को रिजोल्युसनको साथ ६.७४ इन्चको डट ड्रप डिस्प्लेमा उपलब्ध छ । यसले ४५० निट्स (टाइप) र ६०० निट्स एचबीएमको ब्राइटनेसको साथ सुन्दर डिस्प्ले प्रदान गर्छ । यसको डिस्प्लेले ९० हर्ट्जसम्मको रिफ्रेस रेटसमेत प्रदान गर्ने बताइएको छ । रेड्मी १३ सीमा ५० मेगापिक्सेलको एआई ट्रिपल क्यामरा रहेको छ ।

यसैगरी, फोनमा नाइट मोड, पोट्र्रेट मोड, ५० मेगापिक्सेल मोड र टाइम–ल्याप्सहरूजस्तै उत्कृष्ट क्यामरा फिचरहरू पनि उपलब्ध छ । यसको रियर क्यामराले १०८० पिक्सेल र ७२० पिक्सेल मोडमा ३० एफपीएसको भिडियो रेकर्डिङ सपोर्ट गर्छ । साथै, यसको ८ मेगापिक्सेलको फ्रन्ट क्यामेराले पनि १०८० पिक्सेल र ७२० पिक्सेल मोडमा ३० एफपीएसमा भिडियो रेकर्डिङ गर्छ ।

यसको पाँच हजार एमएचको ब्याट्रीले १८ वाटको पीडी चार्जिङ र युएसबी टाइप सी सर्पोट गर्दछ । १० वाटको एडाप्टरसहित आउने यो फोनलाई कम्पनीले अप्टिमल चार्जिङको लागि १८ वाट वा माथिको एडाप्टर रेकमेन्ड गरेको छ । रेड्मी १३ सीको साइड फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलक फिचरले प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्छ । साथमा यो स्र्माटफोनमा एनएफसी कम्प्याटिबिलिटी, डुअल सिम र माइक्रोएसडी सर्पोट तथा ४ जी, ३ जी र २ जी नेटवर्क पनि उपलब्ध छ ।

रेड्मी १३ सीमा ३.५ एमएमको हेडफोन ज्याक र एएसी/एसबीसीको सर्पोटसहितको ब्लुटुथ ५.३ उपलब्ध हुन्छ । यो डिभाइस एन्ड्रोइड १३ मा आधारित मी युआई १४ मा चल्छ जसले सुविधासम्पन्न र सहज इन्टरफेस प्रदान गर्छ । रेड्मी १३ सीमा भर्चुअल प्रोक्सिमिटी सेन्सर, एम्बियन्ट लाइट सेन्सर, एक्सेलेरोमिटर र इलेक्ट्रोनिक कम्पासजस्ता विभिन्न सेन्सरहरू उपलब्ध छन् ।

कम्पनीका अनुसार यो फोन ६+१२८ जीबी र ८+२५६ जीबीको स्टोरेज भेरियन्टमा मिडनाइट ब्ल्याक, नेभी ब्लु र क्लोभर ग्रिन गरी तीन आकर्षक रंगहरूमा उपलब्ध हुनेछ । यसको मूल्य क्रमश १५ हजार नौ सय ९९ रुपैयाँ र १८ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । रेड्मी १३ सी माघ ३ बाट नेपालभरका सबै आधिकारिक मी स्टोर र शाओमीका आधिकारिक रिटेलरहरूमा उपलब्ध छन् ।

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  २०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update