Aarthikaina
यति ब्रुअरीको आईपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल नियुक्त
Manakamana Cable Car

काठमाडौं । यति ब्रुअरी लिमिटेडले बुक बिल्डिङ्ग विधिमार्फत साधारण शेयर निष्काशन गर्ने भएको छ । सो शेयर निष्काशनका लागि कम्पनीले एनआईएमबी एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त शेयर निष्काशनसम्बन्धी सम्झौतापत्रमा यति ब्रुअरीका तर्फबाट प्रबन्ध सञ्चालक संजीव सर्राफ र एनआइएमबि एस क्यापिटलका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका हुन् ।

यति ब्रुअरीले हाल अर्ना, यति, वाईबी, शिखरलगायत किंगफिसर जस्ता चर्चित ब्राण्डका बियर बोतल तथा क्यानमा उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । उक्त सम्झौता अन्तर्गत एनआइएमबि एस क्यापिटलद्वारा बुक बिल्डिङ्ग विधिमार्फत यति ब्रुअरीको साधारण शेयरहरु सार्वजनिक निष्काशन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण कार्यहरुमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको सेवा प्रदान गरिने छ ।

यति ब्रुअरी लिमिटेडको रजिस्टर्ड कार्यालय अटल कम्प्लेक्स उत्तरढोका, लाजिम्पाट काठमाडौंमा रहेकोे छ भने फ्याक्ट्री खैरहनी नगरपालिका वडा नं. ४ चितवन जिल्लामा अवस्थित छ ।

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  २०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update