Aarthikaina
मलेसियाको सबैभन्दा ठुलो विश्वविद्यालयमा लर्डबुद्ध एजुकेशन फाउण्डेशनको सहकार्य

काठमाडौं । लर्डबुद्ध एजुकेशन फाउण्डेशनले सहकार्य गरेको मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी मलेसियाकै उत्कृष्ट विश्वविद्यालय बन्न सफल भएको छ । एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेशनले मेलिसियामा पाँचतारे प्लसको अंक प्राप्त गरेको हो । 

सूचना प्रविधिसम्बन्धी सो विश्वविद्यालय मलेसियामा पाँचतारे प्लस अंक प्राप्त गर्ने एक मात्र विश्वविद्यालय भएको लर्डबुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष पंकज जालानले जानकारी दिए । सो विश्वविद्यालयले लर्डबुद्धसँग सूचना प्रविधि विषयमा अध्ययनका लागि लामो समयदेखि सहकार्य गर्दै आएको छ । 

Manakamana Cable Car

एसिया प्यासिफिक युनिभर्सिटी विदेशी विद्यार्थी अध्यययन गर्ने आधारमा मलेसियाकै सबैभन्दा ठूलो र विश्वको १६औँ नम्बरमा रहेको लर्डबुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सो विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि रोजगारी दर समेत शतप्रतिशत रहेको फाउण्डेशनले उल्लेख गरेको छ । एसिया प्यासिफिक युनिभर्सिटीसँग लर्डबुद्ध एजुकेशन फाउण्डेशनले लामो समयदेखि सहकार्य गर्दै आएको छ ।

सूचना प्रविधि क्षेत्रको शैक्षिक संस्था लर्डबुद्ध एजुकेशन फाउण्डेशनले एसिया प्यासिफिक विश्वविद्यालयको सम्बन्धनमा सूचना प्रविधि विषयमा शिक्षा प्रदान गर्दै आएको छ । स्नातक र स्नातकोत्तरमा अध्ययनरत विद्यार्थीलाई इन्टर्नसिपसमेत प्रदान गर्दै आएको फाउण्डेशनले रोजगारीसमेत उपलब्ध गराउँदै आएको छ ।

फाण्डेशनमा अध्ययनरत विद्यार्थी तथा शिक्षकका लागि ११ वटा अनलाइन लाइब्रेरीको समेत सुविधा उपलब्ध गराइएको अध्यक्ष जालानले जानकारी दिए । फाउण्डेशनले पढ्दै कमाउँदै नीतिलाई अङ्गीकार गरेर रोजगारयुक्त शिक्षा उपलब्ध गराएको छ ।

लर्डबुद्ध एजुकेशन फाउण्डेशनमा अध्ययनरत विद्यार्थीले मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटीमा समेत विद्यार्थी आदानप्रदान कार्यक्रमअन्तर्गत शैक्षिक सुविधा पाउने अध्यक्ष जालानको भनाई छ । 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update