Aarthikaina
गरिमा विकास बैंकद्वारा सरल एसएमई कर्जा सार्वजनिक
Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीहरुको ‘आफ्नै घर–आफ्नै व्यवसाय’को सपनालाई साकार पार्ने उद्देश्यसहित ५० लाख रुपैयाँसम्मको गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सार्वजनिक गरेको छ । बैंकका अनुसार कर्जासम्बन्धी सम्पूर्ण कागजात पेश गरेको दुई दिनभित्र स्वीकृत हुने र गरिमा सरल एसएमई ओभरड्राफ्ट कर्जामा ०.७५ प्रतिशत र आवधिक कर्जामा एक प्रतिशत प्रिमियमका साथ नयाँ उद्यमीहरुलाई लक्षित गरि यो योजना सार्वजनिक गरिएको हो ।

यो योजनाअन्तर्गत व्यवसाय/उद्यम सुरुवात वा विस्तार गर्ने प्रयोजनको लागि गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सुविधा लिन इच्छुक ग्राहकहरुले आफूलाई पायक पर्ने बैंकको शाखा कार्यालयबाट प्राप्त गर्न सक्ने छन् ।

हाल गरिमा विकास बैंकले देशभर एक सय २३ शाखा कार्यलय, ५१ एटिएम र डिजिटल बैंकिङ्गमार्फत बैकिङ्ग सेवा प्रवाह गर्दै आईरहेको छ ।

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  २२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update