Aarthikaina
विराटनगर हार्डवेयर संघको अध्यक्षमा जिन्दल चयन

मोरङ । विराटनगर हार्डवेयर संघको अध्यक्षमा मार्बल एण्ड टायल्स हाउसका सञ्चालक प्रमोदकुमार जिन्दल चयन भएका छन् । संघको १४औँ वार्षिक साधारणसभाले जिन्दलको अध्यक्षता २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

संघको प्रथम उपाध्यक्षमा भानु पौडेल, द्वितीय उपाध्यक्षमा कमल अग्रवाल, महासचिवमा देवी पोखरेल, सचिवमा जितेश कोइराला र कोषाध्यक्षमा भरत खेतान चयन भएका छन् । १७ जना हार्डवेयर व्यवसायीलाई सदस्यमा चयन गरिएको छ ।

Chiba Education Center
NLG Insurance
Manakamana Cable Car

उक्त साधारणसभामा विराटनगरमा रहेका सम्पूर्ण हार्डवेयर व्यवसायीहरूको उपस्थिति थियो । संघका नवनिर्वाचित अध्यक्ष जिन्दलले विराटनगर महानगर क्षेत्रभित्र सञ्चालन हुने हार्डवेयर व्यवसायलाई व्यवसायमैत्री र पारदर्शी बनाएर लैजाने बताए ।उनले कुुनै क्षेत्रबाट पनि हार्डवेयर व्यवसायीमाथि औंला ठड्याउने अवस्था सिर्जना गर्न नदिने प्रतिबद्धता समेत जनाए ।

यस्तै, उनले आफ्नो कार्यकालमा कुनै पनि हार्डवेयर व्यवसायीहरूबाट राजस्व छली जस्तो गम्भीर काममा संलग्न भएको पाइएमा कठोर कदम चाल्न पनि पछि नपर्ने बताए । राजस्व ठगीजस्तो गम्भीर कार्यमा संलग्न भएको पाइएमा आफू पनि सरकारलाई सहयोग गर्न पछि नपर्ने उनको भनाइ थियो ।

२०५२ सालमा स्थापना भई हार्डवेयर व्यवसायीको छाता संगठनका रूपमा सक्रिय रहेको संघमा विराटनगरमा रहेका दुई सय २५ जना हार्डवेयर व्यवसायीहरू आवद्ध छन् ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  २१:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update