Aarthikaina
शिवम् सिमेन्टको लाभांश पारित

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडको सेयरधनीलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । कम्पनीको आठौँ वार्षिक साधारणसभाले आव २०७९।०८० सम्मको सञ्चित मुनाफाबाट सो लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

कम्पनी अध्यक्ष गौरव गोयलको अध्यक्षतामा बसेको साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेका सामान्य प्रस्ताव र विशेष प्रस्तावहरू समेत पारित गरेको थियो ।

Manakamana Cable Car

कम्पनीले आव २०७९।०८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजी चार अर्ब ४० करोड रुपैयाँको १४ दशमलव २५ प्रतिशतका दरले ६२ करोड ७० लाख रुपैयाँ बराबरको बोनस सेयर र शून्य दशमलव ७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) तीन करोड ३० लाख नगद लाभांश गरी १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने जनाएको छ ।

हाल कम्पनीको अधिकृत पुँजी सात अर्ब र जारी तथा चुक्ता पुँजी चार अर्ब ४० करोड रहेको छ । अब १४ दशमलव २५ प्रतिशतका दरले बोनस सेयर वितरण गरेपश्चात कम्पनीको जारी तथा चुक्ता पुँजीमा वृद्धि भई पाँच अर्ब दुई करोड ७० लाख कायम हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  २१:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update