Aarthikaina
पठाओ सुपरफेस्टमा साढे दुई लाखबढी अर्डर डेलिभरी

काठमाडौं । पठाओ नेपालले आयोजना गरेको पठाओ सुपरफेस्ट–२०२३ मा साढे दुई लाखभन्दा बढी अर्डर डेलिभरी भएको छ । पठाओका प्रवक्ता शशांक शमशेर थापाका अनुसार २१ दिनको सुपरफेस्ट अवधिमा सो बराबरको अर्डर डेलिभरी गरिएको हो ।

सामान्य दिनमा पठाओ हिरोहरूले औसत दैनिक नौ सय रुपैयाँ कमाउँदै आएकोमा सुपरफेस्ट अवधिमा दैनिक एक हजार चार सय रुपैयाँ पुगेको थापाले बताए । ‘अफर यस्तो बबाल, ब्रह्माण्ड नै लोभिन्छ’ भन्ने नारासहित पुस ५ गतेदेखि सुपरफेस्ट सुरू गरिएको थियो ।

Manakamana Cable Car

सुपरफेस्टमा सम्राटप्रसाद शाह भाग्यशाली विजेता बनेका छन् । सुपरफेस्ट अवधिमा पठाओको सेवा उपभोग गर्नेहरूमध्येबाट लक्की ड्रमार्फत भाग्यशाली बिजेता बनेका शाहलाई ५५ इन्चको ४के एमआई स्मार्ट एनड्रोइड टिभी दिइएको थापाले जानकारी दिए ।

उनका अनुसार पठाओले सुपरफेस्टको नाराबमोजिम केही दिनदेखि एलियन भेषमा पठाओको लोगो अंकित कपडा र झोलासहित काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरूमा केही व्यक्तिहरूलाई उभ्याएको थियो ।  कम्पनीले यसलाई गुरिल्ला मार्केटिङ भनेको छ । जुन नेपालमै पहिलो पटक गरिएको कम्पनीले जनाएको छ । एलियनहरू पठाओको सुपरफेस्ट देखेर ब्रह्माण्डबाटै फुड खान आएको थिममा कम्पनीले यस्तो प्रचार गरेको थियो ।

सुपरफेस्टमा पठाओ फुडमा मात्र अफरहरू नभएर राइडहरूमा पनि टन्नै रमाइला अफरहरू दिइएको थियो । कम्पनीका अनुसार  बाइक तथा कार राइड र पठाओ फुडमा ८० प्रतिशतसम्म छुट दिइएको थियो ।

कम्पनीका अनुसार यस फेस्टमा एक प्लेटमा २० वटा म:म:, फ्राइज किन्दा बर्गर फ्रि, झोल किन्दा म:म: फ्रि, एक रुपैयाँमै पिज्जा/बर्गर/म:म:/बिर्यानीलगायत अफरहरू राखिएको थियो । अफरहरू हरेक दिन बिहान ९ बजेदेखि राति ९ बजेसम्म फ्ल्यास सेल्स तथा रेष्टुराँ अर्डरहरूमा ८० प्रतिशतसम्मको छुट जस्ता लोभलाग्दा अफर र पठाओ फुडमा नि:शुल्क डेलिभरीको सुविधा समेत दिइएको थियो ।

साथै, ग्राहकहरूलाई हरेक अर्डरमा स्योरसट प्राइजको स्क्र्याच कार्ड दिइएको थियो । कम्पनीका अनुसार सुपरफेस्टमा बेस्ट पठाओ हिरोहरूले साइकल, मोबाइल फोन, ज्याकेट, इन्स्योरेन्स पोलिसीलगायतका उपहार जितेका छन् । सुपरफेस्टमा ५० जनाभन्दा बढीले छ महिनाको इन्टरनेट सब्स्क्रिप्सन, एमआई एयरबड्स, एमआई फोन, डोल्पो ज्याकेटलगायत जितेका छन् ।

यस्तै, १० जना पठाओ हिरोलो स्मार्ट फोन, ज्याकेट समेत जितेको थापाले जानकारी दिए । सुपरफेस्ट अवधिमा रेस्टुरेन्टहरूमा ग्राहकको भन्दा पठाओ हिरोहरूको भिड देखिएको थियो । कम्पनीले यसअघि पनि विभिन्न फेस्टहरू सम्पन्न गरेको थियो । ती फेस्टहरूभन्दा सुपरफेस्टमा ग्राहकहरूको बढी आकर्षण देखिएको थापाले बताए ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  २०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update