Aarthikaina
अरुण भ्याली हाइड्रोपावरको साधारणसभा

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको २६औँ वार्षिक साधारणसभा कम्पनीका अध्यक्ष जीवनराज शाक्यको अध्यक्षतामा भएको छ । राजधानीमा भएको साधारणसभाले आव २०७९/०८० को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

कम्पनीको पहिलो आयोजना कोशी प्रदेशको संखुवासभा जिल्लामा बहने पिलुवाखोलामा निर्माण गरिएको तीन मेगावाट क्षमताको पिलुवाखोला साना जलविद्युत् आयोजना हो । यस आयोजनले २०६० साल असोज १ गतेदेखि व्यावसायिक उत्पादन गरिरहेको छ । यस आयोजनाबाट उत्पादित विद्युत्ले नेपालका पूर्वी पहाडी जिल्लालाई लोडसेडिङमुक्त बनाउन ठुलो योगदान गरिरहेको कम्पनीले जनाएको छ ।

Manakamana Cable Car

त्यसैगरी, कम्पनीले ताप्लेजुङ, पाँचथर सिमाना भएर बहने काबेली खोलामा नौ दशमलव ९४ मेगावाट क्षमता भएको काबेली बी–१ क्यासकेड जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी २०७८ चैत १२ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरेको छ ।

हाल कम्पनीसँग निर्माण आयोजना नरहेकाले कम्पनीले सहायक कम्पनीमार्फत आयोजना निर्माण गर्ने निर्णय गरी पिके हाइड्रोपावर लिमिटेडमा ५१ प्रतिशत संस्थापक सेयरमा लगानी गरी ओखलढुङ्गा र रामेछाप जिल्ला भएर बहने लिखु खोलामा ३० मेगावाट क्षमताको लिखु खोला जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु गरेको छ ।

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी हकप्रद निष्काशनका लागि अघि बढेको छ । बोर्डले भखरै मात्र अरुण भ्यालीलाई १:१ को अनुपातमा शतप्रतिशत हकप्रद सेयर निष्काशनका लागि अनुमति प्रदान गरेको हो । अरुण भ्यालीले एक करोड ८६ लाख ७९ हजार छ सय २६ कित्ता बराबरको सेयर निष्काशन गर्नेछ । सेयर निष्काशनको काम मुक्तिनाथ क्यापिटलले गरिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update