Aarthikaina
पेनकेक सिलातको प्रशिक्षक तथा रेफ्री तालिम

काठमाडौं । पेनकेक सिलातको दोश्रो प्रशिक्षक तथा रेफ्री तालिम सम्पन्न भएको छ । बर्दियाको बारबर्दियामा भएको तालिमको नेपाल पेनकेक सिलात बर्दिया जिल्ला संयोजक खेमबहादुर खड्काले संयोजन गरेका थिए ।

\तीनदिने तालिममा ३० प्रशिक्षक तथा २० रेफ्री सहभागी थिए । सहभागीलाई विवेककुमार विक र गोविन्द चौधरीले प्रशिक्षण दिएका थिए ।

Manakamana Cable Car

सहभागीलाई कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव विश्वमित्र सञ्ज्यालले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।

तालिमको लुम्बिनी प्रदेशका सांसद् कृष्णकुष्मा थारुले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update