Aarthikaina
हाइफ्युचरका नयाँ सात उत्पादनहरू बजारमा

काठमाडौं । हाइफ्यूचरले आफ्ना नयाँ सात उत्पादनहरू बजारमा ल्याएको छ । कम्पनीले दुई नयाँ मोडलका स्मार्टवाच, दुई नयाँ स्पिकर, एक हेडफोन र दुई इयरबड्सका नयाँ मोडल बजारमा ल्याएको हो । 

कम्पनीले सार्वजनिक गरेको एपेक्स स्मार्टवाचको मूल्य बजारमा नौ हजार नौ सय ९९ रुपैयाँ र अल्ट्रा तीन स्मार्ट वाचको मूल्य छ हजार चार सय ९९ रुपैयाँ तोकिएको छ । यस्तै, एल्टस ब्लुटुथ स्पिकरको मूल्य दुई हजार नौ सय ९९ रुपैयाँ र म्युजिक बक्स ब्लुटुथ स्पिकरको मूल्य १४ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।

Chiba Education Center
NLG Insurance
Manakamana Cable Car

फ्युचर टुर प्रो हेडफोनको मूल्य भने आठ हजार नौ सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ । यसैगरी, कम्पनीको फ्युजन इयरबड्सको मूल्य सात हजार नौ सय ९९ रुपैयाँ र याच इयरबड्सको मूल्य छ हजार चार सय ९९ रुपैयाँ रहेको छ ।

कम्पनीका अनुसार एपेक्स स्मार्टवाच दुई दशमलव शून्य चार इन्चको एमोलेड डिस्प्ले, आईपी ६८ रेटिङ, हेल्थ मिटर, सात दिनसम्मको ब्याट्री लाइफ र आकर्षक मेटालिक फ्रेमसहितको हाइफ्युचर एपेक्स वायरलेस कलिङ स्मार्ट वाच हो । अल्ट्रा ३ स्मार्ट वाच २४०.२९६ पिक्सेल रिजोल्युसन, वायरलेस कलिङ, आईपी ६८ वाटरप्रूफ रेटिङसहितको शानदार २.०–इन्च आईपीएस डिस्प्लेको रहेको छ । 

यस्तै, हाइफ्यूचर एल्टस १० वाट वायरलेस पोर्टेबल स्पिकर टीडब्लुएस मोड र १० घण्टाको प्लेटाइमको साथ आउँछ । म्युजिक बक्स ब्लुटुथ स्पिकर पार्टीहरूलाई जीवन्त बनाउन डिजाइन गरिएको छ । हाइफ्युचरका सबै उत्पादनहरू दराज र आधिकारिक खुद्रा विक्रेताहरूमा पाइने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update