Aarthikaina
एनआईबिएल म्युचुअल फण्डको ‘एनआईबिएल स्टेवल फण्ड’ सार्वजनिक निष्काशन सुरु

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड(कोष प्रवद्र्धक) तथा एनआइएमबि एस क्यापिटल लि.(योजना व्यवस्थापक तथा डिपोजिटरी) रहेको ‘एनआईबिएल म्युचुअल फण्ड’अन्तर्गत संचालन हुने छैठौं योजना ‘एनआईबिएल स्टेवल फण्ड’को सार्वजनिक निष्काशन आज(मंगलबार)बाट सुरु भएको छ । यस योजना संचालन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डबाट गत मंसिर २१ गते प्राप्त भएको थियो ।

यस योजनाको आकार एक अर्ब र समयावधि १२ वर्षको रहेको छ र यो हालसम्मकै सबैभन्दा लामो अवधि भएको बन्दमुखी योजना समेत रहेको छ । योजनाको अवधिभर यस योजनाले बार्षिक प्रतिफलको रुपमा १६.१८ प्रतिशत प्रतिफल आफ्ना इकाई धनीहरुलाई दिनसक्ने प्रक्षेपण समेत गरिएको छ ।

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

कम्पनीका अनुसार योजनाको सार्वजनिक निष्काशन आज माघ २ देखि ५ गतेसम्म र ढिलोमा यहि माघ १६ गतेसम्म रहने छ र इच्छुक लगानीकर्ताहरुले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम एक हजारदेखि अधिकतम १० करोड रुपैयाँसम्म लगानी गर्न सक्नेछन् ।

लगानीकर्ताहरुले आफ्नो सी–आश्वा खाता रहेको बैंक वा मेरो शेयरमा लगईन गरी अनलाईन आवेदन दिन सक्नेछन् । योजनाको विवरण पुस्तिका एनआइएमबी एस क्यापिटल लि.को वेवसाईट तथा नेपाल धितोपत्र बोर्डको वेव साईटमा समेत राखिएको छ ।

‘एनआईबिएल म्युचुअल फण्ड’अन्तर्गत यसअघि नै चार बन्दमुखी योजना तथा एक खुलामुखी योजनासमेत संचालनमा रहेको र ‘एनआईबिएल समृद्धि फण्ड–१’ आफ्नो सात वर्ष समयावधि पूरा भई परिपक्क भईसकेको र हाल अन्य तीन बन्दमुखी योजना, एनआईबिएल प्रगति फण्ड, एनआईबिएल समृद्धि फण्ड–२ तथा एनआईबिएल ग्रोथ फण्डसमेत संचालनमा रहेको छ ।

साथै, कम्पनीका अनुसार नेपालकै पहिलो खुलामुखी योजना ‘एनआईबिएल सहभागीता फण्ड’ पनि यसै म्युचुअल फण्डअन्तर्गत संचालनमा रहेको छ । ‘एनआईबिएल स्टेवल फण्ड’का इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई योजनाको समयवधिसम्म इकाईहरु दोश्रो बजारमा खरिद तथा बिक्री गर्न सकिने छ ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  ०९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update