Aarthikaina
टेलिकमको विन्टर अफर

काठमाडौं । नेपाल टेलिकमले विभिन्न आकर्षक प्याकहरूसहित विन्टर अफर ल्याएको छ । यो अफरलाई यसअघि उपलब्ध भइरहेको फोरजी डाटा अफरभन्दा आकर्षक बनाएर ल्याइएको कम्पनीले जनाएको छ ।

अफरअनुसार एक दिनको समयावधिका लागि १९ रुपैयाँमा ४००एमबी र ३३ रुपैयाँमा १२००एमबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी सात दिनको समयावधिका लागि लागि एक सय नौ रुपैयाँमा ५जीबी र २८ दिनको समयावधिका लागि दुई सय ९८ रुपैयाँमा सात जीबी डाटा उपलब्ध हुनेछ ।

Manakamana Cable Car

यस्तै, स्टे कनेक्टेड प्याकअन्तर्गत पाँच दिनको समयावधिका लागि एक सय नौ रुपैयाँमा ६जीबी डाटा तथा एक सय ३९ रुपैयाँमा ६जीबी डाटा र एक सय ७० मिनेट अन–नेट भ्वाइस उपलब्ध हुनेछ । त्यसैगरी दुई घण्टाको समयावधिका लागि ३५ रुपैयाँमा अनलिमिटेड प्याक उपलब्ध हुनेछ । यसअघि उपलब्ध अल टाइम भ्वाइस प्याक, अनलिमिटेड प्याक, डाटा प्याक, सोसल मिडिया प्याक, स्टे कनेक्टेड प्याक, एसएमएस प्याक, एमटुएम प्याकलगायतका विभिन्न आकर्षक प्याकहरू समेत उपलब्ध हुनेछ ।

त्यसैगरी, नेपाल टेलिकम एप डाउनलोड गर्दा उपलब्ध हुने १जीबी डाटा प्याक पनि निरन्तररूपमा उपलब्ध हुनेछ । विन्टर अफरअन्तर्गतका विभिन्न प्याक प्राप्त गर्नका लागि स्टार १४१५ स्टार १ ह्यास डायल गर्नु पर्नेछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । यस अफरबाट सम्पूर्ण ग्राहकहरू लाभान्वित हुने कम्पनीको विश्वास छ ।

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  २३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update