Aarthikaina
एनसेलको दोब्बर बोनस डेटा योजना

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’ योजनाअन्तर्गत प्रदान गरिँदै आएको डेटा बोनसको भोल्युम दोब्बर बनाएको छ । यो योजना गत मंगलबारदेखि नै लागू गरिएको कम्पनीले जनाएको छ ।

योजनाअनुसार प्रत्येक रिचार्जमा एक हजार एमबीसम्मको डेटा नि:शुल्क प्राप्त हुनेछ । यसरी पाइने बोनस डेटा अल टाइम वा राति ११ बजेदेखि अर्को दिनको साँझ ६ बजेसम्म प्रयोग गर्न मिल्ने टाइम बेस डेटा भोल्युम हुन्छ ।

Manakamana Cable Car

बोनस डेटा रिचार्ज गरिएको समयदेखि २४ घण्टासम्म मान्य रहनेछ । एनसेल सापटीमार्फत प्राप्त ब्यालेन्स र ब्यालेन्स ट्रान्सफरको ब्यालेन्सबाहेक सबै तरिकाबाट गरिएको रिचार्जमा यो बोनस डेटा लागू हुने कम्पनीले जनाएको छ ।

यसअघि प्रत्येक रिचार्जमा पाँच सय एमबीसम्म डेटा पाइने गरी यो बोनस डेटा योजना मंसिर २५ बाट सञ्चालनमा ल्याइएको थियो । अब यसै योजनाअन्तर्गत दोब्बर बोनस डेटा पाइने भएकाले यसले ठुलो महत्व राख्ने एनसेलले विश्वास लिएको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  २३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update