Aarthikaina
यती एयरलाइन्समा यात्रा गर्ने राईले जितिन् बजाजको पल्सर 

काठमाडौं । यती एयरलाइन्सले सञ्चालन गरेको ‘महोत्सवको बहार, यतीको उडानमा शान्दार उपहार’ चाडपर्व–विशेष अफरको बम्पर उपहार धनमाया राईले जितेकी छन् । यतीले फेसबुक लाइभमार्फत् गरेको ‘लक्की ड्र’मा उनले बजाज कम्पनीको तर्फबाट तीन लाख ३९ हजार नौ सय रूपैयाँ मूल्य बराबरको पल्सर एनएस २०० सिसिको मोटरसाइकल प्राप्त गरेकी हुन् । 

राईले यती एयरलाइन्समा कात्तिक ९ गते काठमाडौं–विराटनगर उडान गरेकी थिइन् । दोस्रो पुरस्कार बिन्दा श्रेष्ठले हात पारेकी छन् । उनले थाइलायन एअरको तर्फबाट दुई जनाको लागि बैंकक (थाइल्याण्ड)को दुईतर्फी हवाई टिकट प्राप्त गरेकी छन् । श्रेष्ठले यती एयरलाइन्समार्फत् कात्तिक २१ गते विराटनगर–काठमाडौं उडान गरेकी थिइन् ।

Manakamana Cable Car

तेस्रो पुरस्कार कात्तिक २७ गते काठमाडौं–भैरहवा उडान गरेकी तिर्थकुमारी भण्डारीले प्राप्त गरेकी छन् । तेस्रो पुरस्कारको रुपमा भण्डारीले एक लाख पाँच हजार मूल्य बराबरको एलजीको वासिङ मसिन जितेकी हुन् भने चौथो पुरस्कार आयुष पौडेलले हात परेका छन् । उनले बालाजी डाइमण्डको तर्फबाट ८२ हजार रूपैयाँ मूल्य बराबरको हिराको टप प्राप्त गरेका हुन् । उनले कात्तिक ७ गते पोखरा–काठमाडौं उडान गरेका थिए ।

सोही योजनाअन्तर्गत यती मोबाइल एप वा बेवसाइटमार्फत् टिकट काटी उड्ने यात्रुहरूमध्ये विमल कर्मचार्य र अभिशेख अमनले सिदार्थ बुटिक होटलको जोडीसहित ‘नाइट स्टे’ प्राप्त गरेका छन् । अर्जुन सिंह र निलम कुमारी महतोले फार्म सपको तर्फबाट र सरोज डङ्गोल र शारदा अधिकारीले लुक्ला आउट डोरको तर्फबाट सात हजार रूपैयाँ बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

त्यस्तै, हरेक यात्रुले पठाओ, मिसिसा र इना सेन्टरको तर्फबाट स्योरसर्ट प्राइजको रुपमा डिस्काउण्ट भौचर प्राप्त गरेका थिए भने विशेष क्रियशनको तर्फबाट तीन जना यात्रुहरूले एक हजार पाँच सय मूल्य बराबरको गिफ्ट भौचर प्राप्त गरेका थिए ।

यती एयरलाइन्सले चाडपर्वको समयमा यात्रा गर्ने आफ्ना यात्रुहरूलाई लक्षित गरी असोजदेखि मंसिर ७ गतेसम्म ४० दिनको अवधिभर उडान भर्ने यात्रुबीच ‘लक्की ड्र’ गरेको थियो । प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार सोही अवधिमा करिब एकलाख यात्रुहरुले यती एयरलाइन्समा यात्रा गरेका थिए । 

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update