ज्ञान ब्राण्डका विभिन्न स्वादका मसला बजारमा

काठमाडौं । केएल दुगड ग्रुपले ज्ञान मसला बजारमा ल्याएको छ । कम्पनीले ज्ञान हल्दी, ज्ञान धनिया, ज्ञान रेड चिल्ली, ज्ञान जीरा, ज्ञान अम्चुर गरी पाँच वटा विभिन्न स्वादमा मसलाहरू बजारमा ल्याएको हो ।
कम्पनीको सो मसला पाँच सय ग्रामको उपभोक्ता प्याकमा उपलब्ध छन् । कम्पनीका अनुसार ज्ञान मसला प्रिमियम मसलाहरूको एक विशेष संग्रह हो, जसले एक उच्च गुणस्तर र अद्वितीय स्वाद प्रधान गर्छ ।
भाटभटेनी, बिगमार्ट, दराज तथा स्थानीय किराना पसलहरूमा ज्ञान मसला सजिलै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै, कम्पनीले ज्ञान चक्की आटा, धारा शुद्ध तोरीको तेल, धारा हेल्थ सूर्यमुखी तेल, ज्ञान चामलजस्ता उच्च गुणस्तरको विभिन्न खाद्य सामग्री उपलब्ध गराउँदै आएको छ ।
प्रकाशित मिति: शनिबार, पुस २८, २०८० १६:००
प्रतिक्रिया दिनुहोस्