Aarthikaina
माछापुच्छ्रे बैंकको १.१२ करोड बढी कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । माछापुच्छ्रे बैंकको १ करोड १२ लाख बढी कित्ता शेयर आज पुस २५ गतेबाट बिक्रीमा राखिएको छ । संस्थापक शेयरधनी सुरेन्द्र महतोको स्वामित्वमा रहेको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो ।

यो शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै अन्य जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११५ रुपैयाँ तोकिएको छ । यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

लगानीकर्ताले न्यूनतम १० लाख कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ । अधिकतममा भने सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेस गर्न सकिनेछ ।

शेयर खरिदका लागि बोलपत्र आउँदो माघ २ गतेसम्म पेस गर्न सकिनेछ । बोलपत्र काठमाडौंको सुन्धारास्थित माछापुच्छ्रे क्यापिटलमा पेस गर्नुपर्नेछ ।

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  ०९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update