Aarthikaina
बंगलादेशका प्रधानमन्त्रीसँग मुस्लिम आयोगका अध्यक्ष अन्सारीको भेट

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग भेट गर्नुभएको छ । बंगलादेशमा भएको आमनिर्वाचनको पर्यवेक्षणका क्रममा त्यहाँ पुग्नुभएका अध्यक्ष अन्सारीले सोमबार प्रधानमन्त्री हसिनासँग भेट गर्नुभएको हो ।

प्रधानमन्त्री कार्यालयमा भएको भेटमा  द्विपक्षीय र आपसी हितका सम्बन्धका विषयमा छलफल भएको मुस्लिम आयोगले जनाएको छ । भेटमा अध्यक्ष अन्सारीले दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको स्मरण गर्दै नेपाल र बंगलादेशबीच व्यापार, आर्थिक साझेदारीलगायतमा सहकार्यको सम्भावना रहेको बताउनुभएको थियो । 
    
अध्यक्ष अन्सारीले नेपालबाट धेरै विद्यार्थी बङ्गलादेशमा पुगेको र कतिपय बंगलादेशी विद्यार्थी पनि नेपालमा अध्ययनरत रहेकाले शैक्षिक सहकार्य गर्न सकिने धारणा राख्नुभएको थियो । 

Manakamana Cable Car

त्यस अवसरमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नेपाल र बंगलादेशबीचको सम्बन्ध असल छिमेकीको सम्बन्धको सिद्धान्त र पारस्परिक लाभमा आधारित रहेको बताउनुभएको आयोगले जनाएको  छ ।

अध्यक्ष अन्सारी र आयोगका सदस्य महमदिन अली बंगलादेशमा भएको आमनिर्वाचनको पर्यवेक्षणका लागि ढाका जानुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  २२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update