Aarthikaina
नखिपोट बास्केटबलमा रोयल उपाधिनजिक

काठमाडौं । रोयल दोश्रो नखिपोट खुला बास्केटबल प्रतियोगिताको महिला यु–२३ मा आइतबार फाइनलमा प्रवेश गरेको छ । तीन टिम सहभागी राउन्ड रोविन लिगमा रोयल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो ।

नखिपोट युथ क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा रोयलले कीर्तिपुरलाई ६२–३८ ले पराजित गर्‍यो । रोयलका छिरिङ शेर्पा र श्रृष्टि फाइजोले समान ११–११ स्कोर गरे ।

Manakamana Cable Car

रोयलले सुरुका दुई क्वाटरमा क्रमशः २०–५ र २४–२ को अग्रता लिदै जितको आधार खडा गरेको थियो । रोयल तेश्रोमा १३–१३ को बराबरीमा रोकियो भने चौथोमा ५–१८ ले पछि पर्‍यो ।

उपाधिका लागि रोयलले बूढानीलकण्ठ विरुद्ध खेल्ने छ । लिगमा कीर्तिपुरलाई हराएको बूढानीलकण्ठ उपविजेताका रुपमा फाइनलमा स्थान बनाउन सफल भयो ।

पुरुषमा बूढानीलकण्ठ र टाइम्स उपाधिका लागि भिड्ने भएका छन् । बूढानीलकण्ठले कीर्तिपुर ‘ए’ लाई प्रतिस्पर्धात्मक खेलमा ९८–९७ को झीनोअन्तरले हरायो । विजयी टिमका लागि तेन्जिङ शेर्पाले ३४ स्कोर गरे । टाइम्सले नेपाल आर्मीलाई ८५–७२ ले पाखा लगायो । टाइम्सका मविन्द्र भण्डारीले २६ अंक जोडे । फाइनल सोमबार हुनेछ ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १४:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update