आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । आज मंगलबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ ।
हिजो सोमबार प्रतितोला १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २ सय रुपैयाँले घटेर १ लाख १८ हजार ६ सय रुपैयाँमा किनबेच भएको छ ।
त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य स्थिर रहदै १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस २४, २०८० ११:१६
प्रतिक्रिया दिनुहोस्