Aarthikaina
नागार्जुन नगरपालिका टिम च्याम्पियन

काठमाडौं । नागार्जुन नगरपालिकाले पालिकास्तरीय प्रथम वडा अध्यक्ष कप उपत्यकाव्यापी जुनियर तथा क्याडेट जुडो प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

महालक्ष्मी नगरपालिका वडा ७ को आयोजनामा भएको प्रतियोगितामा नागार्जुनले ८ स्वर्ण, २ रजत र ३ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बन्यो । ४ स्वर्ण, १ रजत र १ कांस्यसाथ काठमाडौं महानगरपालिका दोश्रो भयो ।

Manakamana Cable Car

तेश्रो स्थानको महालक्ष्मी नगरपालिकाले २ स्वर्ण, १ रजत र २ कांस्य हात पार्यो । १८ स्वर्णका लागि प्रतिस्पर्धामा भएकोमा ललितपुर महानगरपालिका, शंखरापुर नगरपालिका, मध्यपुर थिमी नगरपालिका र कीर्तिपुर नगरपालिकाले समान १–१ स्वर्ण जितेका थिए ।

प्रतियोगिताको पुरुषमा महालक्ष्मीका सविनकुमार दियाली तथा महिलामा नागार्जुनकी सुस्मिता नेपाली उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

विजेतालाई महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ, उप मेयर लक्ष्मी महर्जन, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, आयोजक वडा ७ का अध्यक्ष बाबुराजा महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

चाङगाथलीस्थित हाम्रो पाठशालामा भएको एकदिने प्रतियोगितामा उपत्यका १० पालिकाबाट १ सय ३० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  ०४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update