Aarthikaina
संकटग्रस्त सहकारीबाट पाठ सिकेर अन्यले आर्थिक गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड

ललितपुर । गुठी संस्थानका कार्यकारी प्रमुख किरण शाक्यले हाल संकटग्रस्त देखिएका सहकारी संस्थाहरूबाट पाठ सिकेर अन्य सहकारी संस्थाले आर्थिक गतिविधि सञ्चालन गर्नुपर्नेमा सुझाव दिएका छन् । ललितपुरको पाटनस्थित होम बचत तथा ऋण सहकारी संस्थाको १५औँ वार्षिक साधारणसभाको शनिबार उद्घाटन गर्दै कार्यकारी प्रमुख शाक्यले सो कुरा बताएका हुन् ।

कार्यक्रममा उनले सञ्चालकहरूले बदमासी नगरे कुनै पनि सहकारी संघ–संस्थाहरू संकटमा नपर्ने बताएका छन् । सञ्चालक इमान्दार हुने हो भने कुनै पनि सहकारी संस्था संकटमा नपर्ने उनको जिकिर छ । 

Manakamana Cable Car

कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका महासचिव भूमिनन्दन कर्माचार्यले सहकारी संस्थामार्फत डुबेको जनताको रकम फिर्ता गराउन सरकारलाई गम्भीरता देखाउन आग्रह गरे ।

साधारणसभाले व्यवस्थापक करुणा राजभण्डारीले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन र अध्यक्ष मुकुन्द महर्जनले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन पारित गरेको छ ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update