Aarthikaina
दुई हजार २२ बिन्दुमा खुम्चियो सेयर बजार
Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

काठमाडौं । साताको पहिलो कारोबारको दिन आईतबार सेयर बजार परिसूचक ओरालो लागेको छ । कारोबार खुलेको पहिलो केही समय सामान्य अंकले ओरालो लागेर पछि बढ्न थालेको नेप्से अन्तिम समयमा आएर २६ दशमलव ३६ अंकले ओरालो लागेर दुई हजार २२ दशमलव ९२ बिन्दुमा खुम्चिएको हो । 

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव १६ अंकले ओरालो लागेर तीन सय ७३ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय चार वटा कम्पनीहरुको ९८ हजार छ सय ३२ पटक सेयर किनबेच भएको छ । जसबाट एक करोड ५२ लाख ६८ हजार तीन सय ९९ कित्ता सेयर खरिद बिक्री हुँदा कूल कारोबार रकम पाँच अर्ब २४ करोड १४ लाख आठ हजार तीन सय ७९ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये जलविद्युत उपसमुहको सूचक उकालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १२ वटा उपसमुहहरुको सूचक ओरालो लागेका छन् ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update