Aarthikaina
टिभिएस आईक्युबको ग्रीन रेभोलुसन राइड, चार महिनामा गुड्यो एक लाख किलोमिटर

काठमाडौं । नेपालको लागि टिभिएस मोटरको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर टिभिएस आईक्युबले एक लाख किलोमिटरको यात्रा सम्पन्न भएको जानकारी गराएको छ । कम्पनीका अनुसार बेस्ट इन क्लास इन्डुरेन्स (सिङ्गल चार्जमा नै धेरैभन्दा धेरै माइलेज दिने), राइडिङ कम्फर्ट, इको फ्रेन्डलिनेस, आकर्षक मूल्य जस्ता विशेषताहरुले गर्दा लन्च भएको चार महिनाभन्दा कम समयमा नै टिभिएस आईक्युबले यस उल्लेखनीय उपलब्धि हासिल गर्न सफल भएको हो ।

टिभिएस आईक्युब कम्पनीले नेपाली बजारमा लन्च गरेको पहिलो इलेक्ट्रिक स्कुटर हो । यस ग्रिन रिभोलुसन राइडमा अन्य पेट्रोल स्कुटर राइडको तुलनामा ३५ सय किलो कम कार्बन डाइअक्साइड उत्पादन भएको छ, जुन लगभग एक सय ७५ वटा रूख रोपेको बराबर भएको कम्पनीले जानकारी जनाएको छ ।

साथै, अन्य पेट्रोल स्कुटर राइडको तुलनामा लगभग दुई सय ५० लिटर कम इन्धन खपत भएको पनि कम्पनीले जनाएको छ । सम्रगमा ग्राहकको इन्धन लागतमा ४.६ लाख रुपैयाँ बचत भएको कम्पनीले जनाएको छ । 

Chiba Education Center
NLG Insurance
Manakamana Cable Car

विश्वव्यापी रूपमा टिभिएस आईक्युब दुई लाख २५ हजार घरहरुमा पुग्न सफल भएको छ । १.२५ बिलियन किलोमिटरभन्दा बढी दुरी गुड्दा टिभिएस आईक्युबले १५ मिलियन लिटर इन्धन बचत गरेको र ४३ हजार सात सय ६५ टन कार्बन उत्सर्जन घटाएको कम्पनीले जनाएको छ, जुन १.७ मिलियन रूखहरू रोपेको बराबर हुन्छ ।

टिभिएस आईक्युबले देशमा नै उत्पादित बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्दै राष्ट्र निर्माणमा ठुलो योगदान पुर्याएको कम्पनीले जनाएको छ ।

एक लाख किलोमिटरको कोसेढुङ्गा पार गरेको खुसीयालीमा टिभिएस मोटर कम्पनीले जगदम्बा मोटर्स प्रालिको सहकार्यमा टिभिएस आईक्युबका ग्राहकहरूसँग ग्रिन रेभोलुसन राइड सञ्चालन गर्दै मनाएको छ । नक्सालको टिभिएस शोरुमबाट सुरु भई भक्तपुरमा समाप्त भएको टिभिएस आईक्युब ग्रीन रिभोलुसन राइडमा ३० जना राइडरहरूको सहभागीता थियो ।

TVS-1704469002.jpeg

यस राइडको मुख्य उद्देश्य वातावरणीय प्रदूषण विरुद्ध लड्ने, रूख बचाउने र ध्वनि प्रदूषण रोक्नमा पहल गर्नु थियो । यस कार्यक्रममा सेफ राइडिङको तालिम र सवारी साधनको मेन्टेनेन्स सम्बन्धी सुझावहरू प्रदान गरिनुको साथै सहभागी सबैलाई उपहार र प्रमाणपत्रहरू पनि प्रदान गरिएको थियो ।

कम्पनीका अनुसार टिभिएस आईक्युबले सिंगल चार्जमा एक सय किलोमिटरको रेन्ज प्रदान गर्दछ । शक्तिशाली ४.६ किलोवाट हब माउन्टेड मोटरद्वारा सञ्चालित टिभिएस आईक्युबले सात किलोमिटर प्रतिघन्टाको टप स्पीड दिनुका साथै मात्र ४.२ सेकेन्डमा ०–४० किलोमिटर प्रतिघन्टासम्म एक्सेलरेसन दिन्छ ।

पावर ईको मोडले राइडलाई  रेन्ज अथवा पफर्मेन्स रोज्ने विकल्प प्रदान गर्दछ । सात इन्चको टि.एफ.टि क्लस्टरले म्युजिक कन्ट्रोल, थिम पसनलाइजेसन, भोइस एसिट जस्ता सुविधाहरू प्रदान गर्दछ ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  २१:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update