Aarthikaina
जापान विमान दुर्घटना: विमानमा आगो लागेको पत्तै पाएनन पाइलटले 

काठमाडौं । टोकियोको हानेदा विमानस्थलमा कोस्ट गार्डको विमानसँग ठोक्किएका जापान एयरलाइन्सका पाइलटलाई सुरुमा आफ्नो विमानमा आगो लागेको थाहा नपाएको खुलेको छ । जापान एयरलाइन्सका प्रवक्ताले बीबीसीलाई विमान परिचरले विमानमा आगो लागेकोबारे पाइलटलाई जानकारी गराएको बताए । 

त्यसपछि मात्र उडान ५१६ मा रहेका सबै ३७९ यात्रुलाई सुरक्षित बाहिर निकाल्ने अभियान सुरु गरिएको थियो । यो ड्राइभ बिना कुनै गल्ती सफल भयो जसको लागि विश्वभर प्रशंसा भइरहेको छ । कोस्ट गार्डको विमान बम्बार्डियर ड्यास–८ मा सवार ६ मध्ये पाँच जनाको दुर्घटनामा मृत्यु भएको थियो ।

Manakamana Cable Car

जापान एयरलाइन्सका प्रवक्ताले भने, ‘विमान अवतरण गरेको केही समयपछि पाइलटले एक्कासी झट्का महसुस गरे। उनले रनवेमा बस्नका लागि विमानको नियन्त्रण गुमाए। विमानमा आगो लाग्यो तर पाइलटलाई यसबारे जानकारी थिएन ।’

घटनाको समयमा विमानमा तीन पाइलट र १२ उडान परिचर ड्युटीमा थिए। विमानको घोषणा प्रणालीमा क्षति पुगेपछि चालक दलका सदस्यहरूले मेगाफोनमा ठूलो स्वरमा यात्रुहरूलाई सुरक्षित निकासीका लागि निर्देशन दिन थालेका थिए । एजेन्सी

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update