Aarthikaina
पोखरामा पहिलोपटक चङ्गा म्युजिक एण्ड आर्ट फेस्टिवल 

पोखरा । पोखरामा पहिलोपटक चङ्गा म्युजिक एण्ड आर्ट फेस्टिवल हुने भएको छ । युवाहरुको सशक्तिकरणमा टेवा पुर्याउने लक्ष्यका साथ चङ्गा प्रोडक्सनले फेस्टिवल शनिबार आयोजना गर्न लागेको हो ।

पोखराको प्रदर्शनी केन्द्रमा हुने फेस्टिवलको सबै तयारी पूरा भएको छ । प्रोडक्सनका प्रबन्धक निर्देशक विवेक गुरुङका अनुसार फेस्टिवलमा प्रजिना, जोन चाम्लिङ राई र सृजल विक्रम भण्डमारी (स्रेगो)ले विशेष प्रस्तुति दिनेछन् भने हुबाको टिमले फेसनशो प्रस्तुत गर्नेछ ।

Manakamana Cable Car

निर्देशक गुरुङले हुबाको कोरियोग्राफीमा पोखराकै मोडलहरुले फेसनशो गर्ने बताए । यस्तो कार्यक्रम पोखरामा पहिलोपटक आयोजना गरिएको भन्दै उनले यसले पोखराको र नवदित कलाकारलाई प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरे ।

हुबा ब्राण्डले विगत दुई बर्षदेखि विभिन्न प्रकारका कपडालाई ब्राण्ड गर्दै आएको छ । युवाहरु मिलेर सञ्चालनमा ल्याएको हुबाले चङ्गा प्रोडक्सनसँग सहकार्य गर्न पाएकोमा हुबाका क्रियटिम म्यानेजर सुशिल सापकोटा खुसी देखिए । सापकोटाले अरुबेला हुने फेसनशो भन्दा चङ्गा फेस्टिबलमा फरक खालको शो हुने जानकारी दिए । उनका अनुसार यो इभेन्टमा फरक खालको शो देख्न पाइनेछ ।

म्युजिकमा र्याम्प वाक मात्र नभएर एक्टिङलाई पनि स्थान दिने उनले बताए । फेस्टिबलमा द इन्फ्लेम ब्यान्ड, द अदृश्य किरण एण्ड मोर लगायतले सांगीतिक प्रस्तुति दिनेछन् । फेस्टिबलमा विभिन्न आर्ट लगायत पोखरेली ब्राण्डहरुका करिब ४० वटा स्टल रहने छन् ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  ०९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update