Aarthikaina
Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

काठमाडौं । जापान पठाइदिन्छु भन्दै साढे छ लाख रुपैयाँ ठगी गरेको अभियोगमा झापा कमल गाउँपालिकाका एक व्यक्ति पक्राउ परेका छन् । छ लाख ५० हजार रूपैयाँ गठी आरोपमा हाल काठमाडौंको बानियाटार बस्ने ५० वर्षीय गणेश कुमार कुलुङ राईलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

राईले दुई जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाई प्रतिष्ठित होटलमा मासिक दुई लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं माछापोखरीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update