Aarthikaina
Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भन्दै करिब १० लाख रुपैयाँ ठगी गर्ने एक युवती पक्राउ परेकी छन् । नुवाकोट पंचकन्या गाउँपालिका–२ घर भई काठमाडौं टोखा नगरपालिका–११ मनमैजु बस्ने २२ वर्षीया रचना थापालाई नौ लाख ९० हजार रूपैयाँ ठगी गरेको अभियोगमा बुधबार प्रहरीले पक्राउ गरेको हो ।

थापाले एक जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाई प्रतिष्ठित होटलमा मासिक एक लाख ३० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम लिएकी थिइन् ।

रकम लिएपछि सम्पर्कविहीन भएकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मनमैजुबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  ०८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update