Aarthikaina
Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया पठाई प्रतिष्ठित कम्पनीमा काम लगाई दिन्छु भन्दै करिब पाँच लाख रुपैयाँ ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । चार लाख ९४ हजार पाँच सय रूपैयाँ ठगी गरेको अभियोगमा सर्लाही मलंगवा नगरपालिका–५ घर भई काठमाडौंको शान्तीनगर बस्ने २७ वर्षीय बलरामकुमार महतोलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

महतोले दुई जनालाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक एक लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update