Aarthikaina
हिमालयन रिइन्स्योरेन्सको आइपीओ यही साता सूचीकृत हुने, कति पाउला ओपनिङ रेन्ज ?

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आइपीओ यही साताभित्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत हुने भएको छ । कम्पनीको शेयर रजिस्ट्रार एनएमबि क्यापिटलले सबै प्रक्रिया पूरा गरी फाइल नेप्सेमा पठाइसकेको जनाएको छ । ‘सम्भवतः यही साताभित्र हिमालयन रिको आइपीओ नेप्सेमा सूचीकृत हुनेछ’, क्यापिटलका एक अधिकारीले भने ।

हिमालयन रिको आइपीओ गत बुधबार (पुस ११ गते) बाँडफाँड गरिएको थियो । यो आइपीओमा १५ लाख ६४ हजार ५६४ जनाको आवेदन सदर भएको थियो । तीमध्ये १० कित्तादेखि ३० कित्तासम्म आवेदन दिनले मागबमोजिम नै शेयर पाएका थिए । गोलाप्रथाबाट भाग्यमानी २९ हजार २१ जनाले थप १० कित्ता शेयर पाएका थिए ।

Manakamana Cable Car

कम्पनीले मंसिर २७ गतेबाट प्रिमियम मूल्यमा आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरिसकेको छ ।

कम्पनीले ३ करोड कित्ता आइपीओ निष्काशनको अनुमति पाएको थियो । त्यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशतले हुन आउने ३० लाख कित्ता आइपीओ बिक्री गरिसकेको छ । कम्पनीले कुल कित्ताको २ प्रतिशतले हुन आउने ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको थियो । बाँकी रहेको २ करोड ४९ लाख कित्तामा सर्वसाधारणलाई बिक्री गरेको थियो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ १०६ रुपैयाँ प्रिमियम मूल्य थप गरी २०६ रुपैयाँमा आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीको आर्थिक वर्ष २०७८/७९ सम्मको प्रतिशेयर नेट्वर्थ १०३.०७ रुपैयाँ रहेको छ। यस हिसाबले कम्पनीले पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १०३.०७ रुपैयाँदेखि अधिकतममा ३०९.२१ रुपैयाँसम्मको ओपनिङ रेन्ज पाउने सम्भावना छ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  ०२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update