Aarthikaina
महालक्ष्मी विकास बैंकका ग्राहकहरुले एपोलो डाइग्नोष्टिक सेन्टरमा विशेष छुट पाउने

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ धुमबाराही, काठमाडौंमा अवस्थित एपोलो डाइग्नोष्टिक सेन्टरसँग सम्झौता गरेको छ । बैंकका ग्राहकहरुको सेवा तथा सुविधलाई ध्यानमा राखी बैंकले यस्तो सम्झौता गरेको हो ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाका विभिन्न स्वास्थ्य सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

Manakamana Cable Car

प्राप्त गर्न सकिने छुट निम्नलिखित छन् ।

यस किसिमको सहकार्यबाट बैंककाडेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  ०१:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update