Aarthikaina
युनाइटेड अजोडसहितका तीन बिमा कम्पनीलाई दुई लाख जरिवाना

काठमाडौं । नेपाल बिमा प्राधिकरणले तीन बिमा कम्पनीलाई कारबाही गरेको छ । उधारो बिमा गराएको, रेट कटिङ गरेको, सम्पत्ति शुद्धीकरणमा ध्यान नदिएको र दाबी भुक्तानीमा बीमितलाई दुःख दिएको भन्दै प्राधिकरणले तीन निर्जीवन कम्पनीलाई कारबाहीस्वरुप २ लाख जरिवाना गरेको हो ।

प्राधिकरणका अनुसार कारबाहीमा पर्नेमा युनाइटेड अजोड इन्स्योरेन्स, राष्ट्रिय बिमा कम्पनी र आइजिआई प्रुडेन्सियल रहेका छन् । यी कम्पनीलाई प्राधिकरणको पुस ६ मा बसेको सञ्चालक समिति बैठकले दुई लाख नगद जरिवाना गर्ने निर्णय गरेको हो । 

Manakamana Cable Car

ती कम्पनीलाई विभिन्न विषयमा कैफियत भेटिएपछि स्पष्टीकरण सोधिए पनि स्पष्ट जवाफ प्राप्त नपाएपछि कारबाही गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीलाई  पनि २ लाख रुपैयाँ जरिवाना गराएको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  ०१:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update