Aarthikaina
रेड्मी १२ सी अब छुट मूल्यमा

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले अंग्रेजीे नयाँ वर्षको उत्सवमा स्मार्टफोन रेड्मी १२ सीको मूल्य घटाएको छ । उपभोक्ताहरुलाई सुपथ मुल्यमा गुणस्तरीय फोनको अनुभव प्रदान गर्ने उद्धेश्यले रेड्मी १२ सी मा अफर स्वरुप मूल्य घटाएको शाओमीले जनाएको छ ।

यसबारे बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, ‘अंग्रेजी नयाँ वर्षको सुरुवात अझै उत्साहपूर्ण बनाउनको लागि रेड्मी १२ सीको मूल्यमा छुट प्रदान गर्न पाउँदा खुसी छौं र हामी विश्वस्त छौं कि रेड्मी १२ सीको प्रभावशाली सुविधाहरू र कार्यसम्पादनका साथ ग्राहकको अपेक्षाहरू पूरा गरिरहने छौं ।”

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

कम्पनीका अनुसार मेडियाटेक हेलिओ जी ८५ प्रोसेसरद्वारा संचालित रेड्मी १२ सीले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्ट प्रदर्शन र सहज अनुभव प्रदान गर्दछ । रेड्मी १२ सी मा ५० एमपी डुअल रियर क्यामेरा जडान गरिएको छ जसले धेरै डिटेल्सका साथ फोटो खिच्न सक्दछ अर्थात् जस्तोसुकै प्रकाशमा पनि राम्रो फोटो खिच्न सक्छ । यो फोनमा ठूलो पाँच हजार यमएच ब्याट्रीको साथमा ठूलो ६.७१” एचडी प्लस डिस्प्ले रहेको छ । 

रेड्मी १२ सी म्याट ब्ल्याक, रोयल ब्लु र मिन्ट ग्रीन गरी तीन रंगहरूमा उपलब्ध छ । यो ४ जीबी प्लस ६४ जीबी र ६ जीबी प्लस १२८ जीबी गरि दुई भेरियन्टमा उपलब्ध छ । 

रेडमी १२ सी ४ प्लस ६४ जीबीको वास्तविक मूल्य १४ हजार चार सय ९९ हो तर छुटमा १२ हजार नौ सय ९९ रुपैयाँमा किन्न सकिने छ । रेडमी १२ सी ६ प्लस १२८ जीबीको वास्तविक मूल्य १६ नौ सय ९९ हो तर छुटमा १५ हजार नौ सय ९९ रुपैयाँ रहेको छ । रेडमी १२ सी देशभरका सबै अधिकृत स्टोरहरू, आधिकारिक खुद्रा विक्रेताहरू र इ–कमर्स प्लेटफर्महरूमा उपलब्ध छ ।

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  २२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update